आक्रमणको विरोधमा एम्बुलेन्स सेवा बन्द

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शृंखलाबद्ध रूपमा एम्बुलेन्समा आक्रमण गरेको भन्दै झापा, मोरङ र सुनसरीका एम्बुलेन्स सञ्चालकहरूले अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरेका छन्।

सिकिस्त बिरामी बोकेर हिँडेका एम्बुलेन्स र चालकमाथि शृंखलाबद्ध रूपमा आक्रमण र तोडफोड भएको भन्दै एम्बुलेन्स सञ्चालकहरूले आन्दोलनकारीबाट सुरक्षाको लिखित प्रतिबद्धता नआएसम्म सेवा बन्द गरेको जनाएका छन् । एम्बुलेन्स सञ्चालक र चालकहरूले जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर आइतबार प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई सेवा बन्द गरेको जानकारी दिए।

चालकहरूले सुरक्षा माग्दै मानवअधिकार आयोग, रेडक्रस सोसाइटी र झापा, मोरङ र सुनसरीका प्रहरी कार्यालयमा ज्ञापनपत्र पठाएका छन्। जिल्ला प्रशासन मोरङमा ज्ञापनपत्र बुझाउन करिब ५० एम्बुलेन्स साइरन बजाउँदै पुगेका थिए।

संयुक्त मधेसी मोर्चाले मानवीय सेवाको एम्बुलेन्स, औषधि र उपचार सामग्रीका गाडी, पत्रकार र अधिकारकर्मीलाई आवत–जावतमा रोक नलगाउने बताए पनि कार्यकर्ताले आक्रमण गर्दै आएका छन् । पछिल्लोपटक बन्द कडा बनाउने बहानामा मधेसी मोर्चाका कार्यकर्ताले ५ मंसिरमा विराटनगरबाट सिकिस्त बिरामी बोकेर धरानतर्फ गइरहेको को१च ४६१५ नम्बरको एम्बुलेन्स तोडाफोड गरी चालक आनन्द विश्वकर्मालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

४ मंसिरमा मोरङको कटहरीमा सिकिस्त डेढवर्षे बालिका बोकेर रंगेलीबाट विराटनगरतर्फ आइरहेको को१च ७३७९ नम्बरको एम्बुलेन्स मोरङको कटहरीमा तोडफोड गरी चालकमाथि दुर्व्यवहार गरेका थिए। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9722