Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीबिरुद्ध अन्तर्राष्ट्रिय दबाब

संयुक्त राष्ट्रसंघले नेपालमाथिको पारवहन अवरोध हटाउन भारतलाई आग्रह गरेको छ।

भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिनापछि राष्ट्रसंघीय महासचिव बान की मुनका प्रवक्ताले नेपाली समयअनुसार शुक्रबार राति वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन्।

वक्तव्यमा महासचिव मुनले सबै पक्षलाई नेपालको स्वतन्त्र पारवहन अधिकारमाथिको अवरोध हटाउन आग्रह गरेका छन्। यसअघि देशभित्रको आन्तरिक समस्या समावेशी, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा सम्बोधन गर्न राष्ट्रसंघले नेपाललाई आग्रह गर्दै आएको थियो। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

8874