Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सभामुख ओनसरी घर्ती विवादमा …

प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिका माथि प्रश्न उठाएको छ।

सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्पराविपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेका हुन्।

सभामुख घर्तीले विहिबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको खबर कान्तिपुर दैनिकमा छ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए। तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले संसदीय मुल्य र मान्यता विपरीतको अभ्यास भएको भन्दै संसदमा होहल्ला गरी बैठक चल्न दिएनन।





Comments

comments

Leave a Reply

9774