Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि

छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ।

विश्वका बिभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क रोड’ परियोजना अन्तर्गत नेपाललाई छनौटमा पारेको हो।

उक्त परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजाकास्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्याण्ड पनि जोडिने भएका छन्। सन् २०५० भित्र उक्त विश्वब्यापी उर्जा सञ्जाल कार्यान्वयनमा पूर्णरुपमा आउने बताइएको छ।

चीनले अघि सारेको ‘ग्रिड इन्टरकनेक्टिभिटी’ परियोजनालाई नेपाल लगायत छिमेकी मुकुहरुसंगको सहकार्यमा तीव्रताका साथ अघि बढाइने चिनियाँ स्टेट ग्रिडका लिउ चेन्याले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वासंग बताएका छन्। आगामी दशबर्षभित्र यो परियोजनालाई कार्यान्वयनमा ल्याउने चीनको योजना रहेको समाचारमा जनाइएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

9782