Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन चीनद्वारा सुनकोशी बाढीपहिरो पीडितलाई ८ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० साउन। गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद चीनले सिुन्धपाल्चोकको सुनकोशी बाढीपहिरो पीडितलाई आठ लाख रूपैयाँ सहयोग गरेको छ।

परिषदले सो रकमको चेक लामोसाँगु भ्याली समाज नामक स्थानीय समाजसेवी संस्थाका प्रतिनिधिहरुलाई शुक्रवार हस्तान्तरण गरेको हो।

गैरआवासीय नेपाली संघको सचिवालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ चीनका अन्तर्राराष्टिृय समन्वय परिषदका सदस्य डा .राजीव केसरीले लामोसाँगु भ्याली समाजका अध्यक्ष बलदेव श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

डा. केसरीले गैरआवासीय नेपालीहरुले राष्ट्रमा आईपरेका यस्ता बिपत्तिहरुमा संधै सहयोग गर्दै आएको स्मरण गराउँदै राहत रकम सहि ठाँउमा उपयोग होस् र लामोसाँगु भ्याली समाज समाजसेवा र मानवीय सेवाको कार्यमा सबल र प्रभावकारी बन्न सकोस् भन्ने कामना ब्यक्त गरे।

गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद चीनको सुनकोशी बाढीपहिरो पीडितको स्वास्थ्य, शिक्षा, खानेपानी, दैनिक जीबन यापनमा सहयोग गर्ने लक्ष्य अनुरुप सहयोग गरेकोमा हार्दिक कृतज्ञता ब्यकत गर्दै दाताको उद्देश्य पुरा गर्न लामोसाँगु भ्याली समाज परिवार प्रतिवद्ध रहेको समाजका अध्यक्षले वताए।

समारोहमा गैरआबासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद चिनका संस्थापक सदस्य मिन बहादुर श्रेष्ठ तथा शिब श्रेष्ठ र एनसिसि चीनका युबा प्रतिनिधि निर्मल चौलागाईंको उपस्थिति रहेको थियो।





Comments

comments

980