Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अब प्रतिनिधिसभा ६०१ बाट घटेर २३५ सदस्यीय हुने

नयाँ संविधान जारी गरेपछि गठन हुने प्रतिनिधिसभा २३५ सदस्यीय बनाउन दलहरु सहमत भएका छन्।

६ सय १ सदस्यीय संविधानसभाको आलोचना भएपछि नयाँ संविधानमा प्रतिनिधि सभा २३५ सदस्यीय बनाउने व्यवस्था गर्न दलहरु सहमत भएका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी तीन सय भन्दा बढीको व्यवस्थापिका संसद नबनाउन दलहरु सहमत भएका छन्।

संवैधानिक राजनीतिक संवाद सहमति समिति अन्तर्गतको उपसमितिले शुक्रबार नयाँ प्रतिनिधिसभाको टुंगो लगाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। नयाँ संविधानमा प्रतिनिधिसभा २३५ बनाउने व्यवस्था गर्न सहमति गरेका छौं उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले भने।





Comments

comments

983