Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एशियन फेशन वीकमा नेपाली फेशन डिजाइनर

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
शुक्रबारबाट इन्डोनेसियाको सुराबायामा शुरू भएको भएको एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिज़ाइनर मदन पौडेलले सहभागिता जनाएका छन्।

फेशन डिजाइनरहरुलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिज़ाइनर संघको संयुक्त पहलमा यो वर्ष इंडोनेशियामा शुरू भएको एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिज़ाइनर पौडेलले सहभागिता जनाएका छन्।

यसको लागि उनी गत सोमबार आफ्ना सहयोगीहरुको साथ् सुराबाया पुगिसकेका पुगेका छन्। आगामी भाद्र २ गते सोमबारसम्म चल्ने चारदिने फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा , कल्चरल ड्रेस ५ वटा, इको फ्रेंडली ५ वटा, मास्टर पीस एउटा, एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शनको तयारी गरिएको छ।

नेपाली ढाका कपडा तथा बुट्टाहरुको पनि पहिचान अघि बढाउने हिसाबले डिजाईनहरु तयार गरिएको डिज़ाइनर पौडेलले बताए। एशियन फेशन वीकको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार नेपालको प्रतिनिधित्व गर्दै डिज़ाइनर पौडेलले आइतबार इन्डोनेसिया, ब्रुनाई, क्यामरुन, अस्ट्रेलिया , बंगलादेशका डिज़ाइनरसंगै आफ्नो डिज़ाइन प्रस्तुत गर्नेछन्।

फेशनका माध्यमले एशिया लगायतका राष्ट्रहरुको संस्कृति एक आपसमा चिनाउने उद्देश्यले आयोजना हुने एशियन फेशन वीकमा नेपाल साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको छ। यो क्रमलाई वर्षे पिछे निरंतरता दिंदै आगामी वर्षदेखि ५ जना नेपली डिज़ाइनरहरुलाई एशियन फेशन वीकमा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै अरु अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि अवसर प्रदान गराउने उद्देश्य नेपाल फेशन महासंघ र नेपाल फेशन डिज़ाइनर संघको रहेको छ। नेपाली इतिहास मै पहिलो पल्ट नेपाली डिज़ाइनरले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा अफिसियल सहभागिता जनाई राखेको हो।





Comments

comments

986