Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोर्चा कार्यकर्ताद्वारा युवकलाई जिउँदै जलाएर हत्या प्रयास

नवलपरासी- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट इन्धन ल्याएको आरोपमा सनई—९, पडसरीका सञ्जय यादव (१८) को जिउमा आगो सल्काइदिएका छन्। जिउमा पेट्रोल छर्केर आगो लगाइएका यादव गम्भीर घाइते छन्।

यादव लु३प २०१७ नम्बरको मोटरसाइकलमा सनई आउँदै गर्दा मोर्चा कार्यकर्ताले यादवमाथि आगो लगाएका थिए। यादवका अनुसार सीमापारिबाट ल्याएको पेट्रोल मोर्चा कार्यकर्ताले नियन्त्रण गरेपछि विवाद भएको थियो। ‘मैले ‘रोक्ने भए सबैको इन्धन रोक, होइन भने कसैलाई छाड्ने र सामात्ने नगर’ भन्नेबित्तिकै ८ जनाको समूहमा रहेका मोर्चा कार्यकर्ताले ममाथि पेट्रोल छर्केर आगो लगाइदिए,’ उनले सुनाए।

शरीरमा आगो लागेपछि उनी आत्तिँदै चिच्याएका थिए। ‘अरूले नदीमा कुद् भनेपछि पानीमा हामफालेर ज्यान जोगाएँ,’ उनले भने।

यादवको शरीर र दुवै खुट्टा जलेका छन्। उनको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ। मोर्चा कार्यकर्ताले बरामद गरेको पेट्रोल भने यादवको थिएन।

रुपन्देही, फर्साटिकट स्थायी घर भएका यादव पडसरीस्थित फुपूको घरमा बस्दै आएका थिए। यादवकी फुपू विन्द्रावतीले काम गर्न जाने क्रममा उनीमाथि आगो लगाइएको बताइन्।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा सनई–९ का शिवकुमार यादव, राजेश सैथवार र सनई–८ का सेरु यादवलाई पक्राउ गरिएको डिएसपी अर्जुन रानाभाटले बताए। ‘घटनामा संलग्न अन्य ५ जनाको खोजी भइरहेको छ,’ डिएसी रानाभाटले भने, ‘अनुसन्धानपछि पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइनेछ।’ नागरिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9877