भिडियो बनाउदै गायक बबिन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
एक दशक अघिदेखि संगीत क्षेत्रमा प्रवेश गर्ने उद्देश्यले गीत रेकर्डिग, ब्याण्ड खोल्ने तथा म्युजिक भिडियो निर्माणसमेत गरेपनि सबै काम नलागेपछि आफ्नै काममा लागेका बबिन लिम्बु अब भने गायकको रुपमा आफूलाई चिनाउन प्रयासरत छन्।

लामो समय लगाएर उनले धरानको भावना डिजिटल स्टुडियोमा ७ वटा गीतहरु रेकर्डिङ सकाएर एल्बम ल्याउदै छन्। “धरानको पुरानो बजारमा “ नाम दिईएको उनको एल्बममा “धरानको पुरानोबजारमा दुई बैनीलाई देखेथे “बोलको पुरानो गीतलाई नयाँ साजसज्जामा रिमेक गरिएको छ।

आगामी माघभित्र एल्बम निकाल्ने तयारीमा रहेका गायक लिम्बु अहिले पूर्वका विभिन्न कार्यक्रममा यहि गीत गाएर दर्शक – स्रोताहरुको माया पाइरहेका छन्।

दिलु राई र सुरेश गन्धर्भको शब्द / संगीत रहेको उनको एल्बममा लोक, पप तथा सेन्टिमेन्टल गीतहरु संग्रहित छन्। एल्बम प्रमोशनमा म्युजिक भिडियोको पनि प्रमुख भूमिका रहने हुनाले अहिले उनी धमाधम आफ्ना गीतहरुको भिडियो बनाउनमा ब्यस्त छन्।

भर्खरै उनले निर्दोष मेरो जीवनमा बोलको गीतको भिडियो चतराको लोकेशन मा छायांकन गराएका छन्। गायक लिम्बुसंगै निशा लिम्बुको अभिनय रहेको उक्त गीतमा बुद्ध थापा मगरको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ।

यसै हफ्ता उनको भिडियो रिलिज हुनेछ भने उनका अन्य गीतहरु पनि छायांकनको तयारीमा रहेका छन्। यस अघि उमेरैले बोलको लोकभाकाको गीतको भिडियो रिलिज भईसकेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9879