वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन।
पीडित लाखौं नेपाली अहिले पनि पाल र टिनको छानामुनी रात विताउँदै सुरक्षित भविष्यको पर्खाइमा छन्।
भूकम्पबाट निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको खबर गोरखापत्र दैनिकमा छ। ती शवलाई धेरै जनाले हेरे पनि पहिचान हुन नसकेको अस्पतालले जनाएको छ।