तेलमा भ्रष्टाचार गरेका खड्का कारवाहीको डरले बैठकमै गएनन्

काठमाडौं – पछिल्लो समय पेट्रोलियम पदार्थको आयात र वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सञ्चालक समिति बैठकमै गएनन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बैठक बोलाएको थियो । समितिले कारबाही गर्ने सम्भावना देखेपछि खड्का बैठकमा नआई दिउँसोदेखि नै सम्पर्कमा नरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।

समितिले अघिल्लो शुक्रबार भारतको नाकाबन्दीपछि पेट्रोलियम आयात र बिक्रीवितरणमा भइरहेको अनियमितता, कालोबजारीलगायत कार्यकारी निर्देशक खड्काको संलग्नताबारे स्पष्टीकरण सोधेको थियो।

खड्काले पठाएको जवाफ चित्तबुझ्दो नभएको र थप जानकारी लिनुपर्ने देखिएपछि बिहीबार बैठक डाकिएको थियो । मन्त्रालय स्रोतका अनुसार खड्काले पठाएको जवाफबाट समिति सन्तुष्ट छैन। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9891