६० करोडको औषधि जफत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ।

अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको खबर नयाँ पत्रिका दैनिकमा छ। विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो।

गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले २० असारपछि पठाएको करिब डेढ अर्ब रुपैयाँबराबरको औषधिमध्ये विमानस्थल भन्सारमा ६० करोडभन्दा बढीको औषधि अलपत्र परेको थियो।

बाँकी औषधि वीरगन्ज भन्सारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भन्सारमा रहेका ती औषधिमध्ये करिब १० प्रतिशतको म्याद गुज्रेको प्राविधिकले बताएका छन् ।





Comments

comments

Leave a Reply

9964