Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कालीगण्डकी मर्मतमा तीन अर्ब

कालीगण्डकी ए जलविद्युतगृह ‘पुनस्थापना’का नाममा नेपाल विद्युत् प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ।

हरेक वर्ष सामान्य मर्मत हुँदै आइरहेको देशकै ठूलो यो विद्युतगृह उत्पादन सुरु भएको १३ वर्षपछि यसको हेडवर्क्स (बाँधलगायत संरचना) नै बदल्ने, इलेक्ट्रो-मेकानिकल उपकरण फेर्ने गरी अनावश्यक खर्च हुन लागेको प्राधिकरण स्रोतले बतायो। तीन अर्ब रुपैयाँले १५ मेगावाटको नयाँ आयोजना बनाउन पुग्छ।

कालीगण्डकीका यन्त्र उपकरण सामान्य मर्मत गरे पुग्नेमा प्राधिकरणले त्यसलाई हटाएर नयाँ उपकरण राख्न लागेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। मर्मत गर्दा ३० प्रतिशत खर्च गरे हुनेमा शतप्रतिशत खर्च हुने भएको छ। प्राधिकरण स्रोतका अनुसार पुनस्र्थापना आयोजनाले रनर, ब्याट्री भल्ब, टप कभर, बटम कभर, ट्रेस र्‍याक, जीएसआईजस्ता इलेक्ट्रो मेकानिकलका उपकरण पूरै फेर्न लागेको छ। यी सबै सामान मर्मत गर्न सकिन्छ।





Comments

comments

Leave a Reply

9966