विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई हङकङमा (लाईभ भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २१ जुलाई। हाईक फर नेपालका लागि विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई विहीबार हङकङ आएका छन्।

जुलाई २४ तारिख आइतवार हुने हाईक फर नेपालमा सहभागी हुन दुबैजना हङकङ आएका हुन्। आयोजक संस्था मितेरी सेवा समिति पोखरा हङकङका उपाध्यक्ष रक्क्ष गुरुङ र वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) को तर्फबाट निर्मल श्रेष्ठ र सुरज गुरुङले शेर्पा र गुरागाईलाई हङकङ विमानस्थलमा स्वागत गरेका थिए।

हङकङ विमानस्थल पुगेका एचकेनेपाल डट कम सहकर्मी जगतअम्बु गुरुङले फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका थिए। हेर्नुहोस् भिडियो

हङकङमा हुन लागेको हाईक फर नेपालमा किन सहभागी हुने? हेर्नुहोस् भिडियोः

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १ जुलाई। हाईक फर नेपालका लागि विश्व किर्तीमानसहित १०अौं पटक सगरमाथाको सफल आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पा हङकङ आउने भएका छन्।

मितेरी सेवा समिति पोखरा हङकङले शुक्रवार एक प्रेस सम्मेलन गरेर शेर्पा हङकङ आउन लागेको जानकारी दिइएको हो।

समितिका अध्यक्ष तुलसीकुमार गुरुङले जुलाई २४ तारिखका दिन शेर्पाको प्रमुख आतिथ्यमा हङकङमा हाईक फर नेपाल हुने जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार सेन्ट्रल फेरीबाट बिहान साढे ७ बजे सुरु हुने हाईक रिपल्स बेमा पुगेर समाप्त हुने छ।

हाईक फर नेपाल वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) को पहलमा हुन लागेको हो। हाईक फर नेपालको पूर्ण जानकारी हामी एचकेनेपाल डट कममा छिट्टै प्रकाशित गर्ने छौं।

समितिका उपाध्यक्ष रक्क्ष गुरुङद्वारा सञ्चालित पत्रकार सम्मेलनलाई एचकेनेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।


हेर्नुहोस् प्रत्यक्ष प्रसारणको पूरा भिडियो हाम्रा सहकर्मीद्वय जगतअम्बु गुरुङ र देवराज राईबाट

‘Press Meet Hike For Nepal in Hong Kong’LIVE VIDEO: मितेरी सेवा समिति पोखरा हङकङको पत्रकार सम्मेलन

१०अौं पटक सगरमाथाको सफल आरोहण गरिसकेका विश्वकीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाको आतिथ्यमा हुने हाइक फर नेपालबारे समितिका अध्यक्ष तुलसीकुमार गुरुङद्वारा जानकारी प्रदान गर्दै… हेर्नुहोस् लाईभ भिडियो।

‘Press Meet Hike For Nepal in Hong Kong’
Guest Of Honor Phurba Tenjing Sherpa ( 10 Times Mt. Everest Climber with World Record).
Organizer: Miteri Service Committee Pokhara Hong Kong.
Live Video from Jagat Ambu Gurung & Dev Raj Rai / HKNepal.com

Posted by HKNepal.com on Friday, 1 July 2016

.

हाईक फर नेपालको पूरा विवरणको लागि तलको प्रेस विज्ञप्तिमा क्लिक गर्नुहोस्

 





Comments

comments

Leave a Reply

13308