बर्ष पल्सर स्पोर्ट्स अवार्डमा फुटबलको बर्चस्व

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
काठमाडौं, ६ साउन।
बर्ष पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा फुलबल विधाले बर्चश्व जमाएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा विहिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा ९ मध्ये ६ अवार्डमा फुटबलले कब्जा जमाएको हो।

फुटवलका नायक नवयुग श्रेष्ठ ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ पुरुष तर्फको विधामा अवार्ड जित्न सफल हुदा फुटबलकै अन्जन विष्टले बर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे । फुटबलकै बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षक अवार्ड हात पाद पूर्व फूटवल खेलाडी श्रीराम रन्जितकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। यस बर्ष थपिएको टिम ईभेन्टमा पनि फुटबलको पुरुष तर्फको राष्ट्रिय टिम पुरुष यस अवार्ड जित्न सफल भयो।

गत बर्ष निधन भएका एन्फाका कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोप्रान्त बिशेष सम्मान प्रदान गरियो । श्रेष्ठले फुटवल खेलको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुराएको भन्दै मञ्चले उनकी धर्मपत्नी निरु श्रेष्ठलाई सम्मान गरेको हो ।

बर्ष पल्सर स्पोर्ट्स अवार्ड २०७२ महिला तर्फ भने जुडोकी फुपु ल्ह्मु खत्रीले अवार्ड हात पारिन् । अवार्डसंगै बर्ष खेलाडी श्रेष्ठ र खत्रीलाई एक/एक थान पल्सर मोटरसाईकल प्रदान गरिएको छ ।

पिपुल च्वाईस अवार्डमा टेवलटेनिसकी खेलाडी नमिता श्रेष्ठले हात पार्न सफल भईन । मनोनयनमा परेका खेलाडीहरु मध्ये भोटिङ सिस्टमको आधारमा श्रेष्ठले ३३ हजार ५ सय ५५ भोटले पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन । अवार्डसंगै उनले एक थान पल्सर मोटरसाईकल प्राप्त गरेकी हुन । श्रेष्ठले एक लाख ५० हजार ५ सय ११ भोट ल्याएकी हुन भने भलिवल खेलाडी प्रतिभा मालिले एक लाख १६ हजार ९ सय ५६ भोट ल्याएकी हुन । तेश्रो स्थानमा रहेका फुटवलका नवयुग श्रेष्ठले १३ हजार ७५ भोट ल्याएको मञ्चका महासचिव प्रकाश तिमिल्सिनाले बताए ।

फरक विधाको पारा एथलिटमा एथ्लेटिक्सकी सिता भण्डारीले अवार्ड जित्न सफल भईन ।

बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ । अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडी/प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार प्रदान गरिएको छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । विनासकारी भूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण हुन सकेन । वैशाख, २०७२ मा गएको महाभूकम्पमा करिब नौ हजार नेपालीसंगै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाएका थिए । खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित् सम्मानको रुपमा स्थापित रहेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए । २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुदै आएको छ ।





Comments

comments

Leave a Reply

13563