चितास्थल डुबान पन्छाउन बौद्ध अर्घौ सदन पोखराद्वारा सहयोगको अपील

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ११ साउन। सोमवार रातभर र मंगलवार बिहानको भिषण वर्षाका कारण डुबानमा परेको पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदन परिसरमा रहेको चितास्थल सरसफाई गर्न बौद्ध अर्घौ सदनले सहयोगको अपील गरेको छ।

रामघाटमा बाढीको सतह अहिलेसम्म कै सबैभन्दा माथि आई लास जलाउने चारवटै चितास्थल बालुवा, ढुंगा माटोले पुरिन गई लास जलाउन समेत नसक्ने अवस्था रहेकाले समाज, संघ संस्था, स्वयंसेवी महानुभावहरुलाई जनश्रमदानको लागि बौद्ध अर्घौं सदनका अध्यक्ष क्याप्टेन भुवनसिंह तमुले आग्रह गर्नुभएको हो।

अन्त्येष्टिका लागि व्यवस्थित चितास्थल डुवानको समस्याले पोखरा क्षेत्रका नागरिकलाई कठिनाई पर्ने भएकाले विगतका वर्षहरुमा पनि विभिन्न समाज, संघसंस्था र स्वयंसेवी महानुभावहरुकै सहयोगबाट चितास्थलमा थुप्रिएका ढुंगा, माटो, बालुवा हटाउने सहयोग भएकाले यस वर्ष पनि सदनले सहयोग अपेक्षा गरेको हो।

यसैविच मंगलबार दिउसोबाट पानीको सतह घट्ने क्रम भएकाले बौद्ध अर्घौ सदनको पदाधिकारी, कार्यसमिति र स्वयंसेवी महानुभावहरुले डुवानका परेको चितास्थलको ढुंगा, माटो, बालुवा पन्छाउने कार्य थालनी गरेको छ।





Comments

comments

Leave a Reply

13637