हङकङमा गालीसराप सेवा सम्पन्न

आम्भु जेठा / एचकेनेपाल डट कम –
हङकङ, २७ नोभेम्बर। किराती गाउँघरतिर समुदाय मिलेर वर्षमा एकपटक खोलामा गएर गालीसराप बगाउने सेवा गरे झैं हङकङमा किरात मुन्धुम (धर्म दर्शन) अनुसार साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) आइतबार हङकङको मङकी हिल डाँडामा सम्पन्न भएको छ।

‘सृष्टिकालदेखिनै मानिसमा जानेर नजानेर गालिसराप लाग्ने मान्यता छ । मानिसमा गालीसराप भएर वस्यो भने उस्को उन्नती प्रगतिको बाटो रोकिन्छ । गालीसरापको सेवा नगरी अरु जतिसुकै ठूलो सेवा र दान गरेपनि उस्लाई सेवा लाग्दैन भन्ने कुरा मुन्धुम्मा रहेको’ सेवासावा (प्रमुख पुजारी) तुलकहङ तुम्साले भक्तजनहरुलाई बताए।

कसरी लाग्छ त मानिसलाई गाली सराप ? मानिसले जानेर नजानेर गल्ती गर्यो भने, सानो छदा भुलवस विगार गर्दा, भनेको नमान्दा, कसैको मन वा चित्त दुःखाउदा पनि गालीसराप भएर वसेको हुन्छ । नाहेन अर्थात कसैको आँखा लाग्दा वा कसैले आँखा लगाउदा, कसैले भनेको कुरा दिन वा पुर्याउन नसक्दा पनि गालीसराप भएर वसेको हुन्छ भनेर मुन्धुममा उल्लेख छ । जसलाई मुन्धुम अनुसार नै बगाउनु पर्छ भनेर सेवासावाले वताए।

गालीसराप बगाउने सेवा गरिसकेपछि ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पूजा सम्पन्न भएको किरात धर्म तथा साहित्य उत्थान संघ हङकङको अध्यक्ष मोहनमान नेम्बाङले वताए।

किरात धर्म तथा साहित्य उत्थान संघका हङकङले आयोजना गरेको उक्त सेवामा अध्यक्ष नेम्बाङले आदि अनादिकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताए । किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङ द्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले वताए।

विचलन हुदै आएको किरात धर्मलाई महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ उहाँले किरात धर्मलाई पुनरउत्थान गरेको नेम्बाङले वताए। उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाई स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाई डोर्याएको वताए।

किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लाजेसा लिम्बुले साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) को वारेमा प्रष्ट्याएका थिए । किरातीहरुमा वर्ष भरिमा आफूलाई गाली सराप लागेको हुन सक्ने भएकोले त्यसलाई किरात मुन्धुम अनुसार वर्षमा एक पल्ट गाली सराप वगाउनु पर्ने वताएका थिए।

किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु शान्ती आङबोहाङ एभेङ, कर्णबहादुर ओख्राबु, उत्र बहादुर राई, चन्द्रबहादुर एभेङ, जुना वनेम राई, कविता चोङबाङ क्याक रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए।

हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ। धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए । किरात धर्म अनुसार पूजामा सवैले फूल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए।

बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फूल तथा फल–फूल राखिएको थियो भने अन्य चुल्हाहरु खालि नै देखिएको थियो।





Comments

comments

Leave a Reply

15226