को हुन् युएईको लागि प्रस्तावित राजदूत आशा लामा..?

सुर्य चन्द / एचकेनेपाल डट कमख-
काठमाडौँ, दशकौ बर्षदेखि समाजसेवा गर्दै खाडी मुलुकका कामदार तथा श्रमिकहरुको पक्षमा वकालत गर्दै उनीहरुको पक्षमा लडाई लड्दै आएकी बरिष्ठ समाजसेवी आशा लामा युएईको राजदूतको सिफारिस लगत्तै युएईका श्रमिकहरुमा खुशियाली छाएको छ।

२०१० सम्म म्यानपावर ब्यबसायमा संलग्न भई बिशेष गरि खाडी मुलुकमा काम गर्ने कामदारहरुको स्थिति, कामदारहरुको समस्या र समाधान तथा उनीहरुले भोग्नु परेको दुख र पीडाहरुको बारेमा जानकार तथा बिज्ञको रुपमा परिचित आशा लामाले २०११ देखि आशा फाउन्डेसन नामक संस्था खोलि खाडी मुलुक गएका नेपालीहरुको पक्षमा काम गर्दै आएकी छिन्।

सयौं महिला तथा पुरुषहरुलाई खाडी मुलुकहरुबाट उद्धार गरिसकेकी समाजसेवी आशा लामाले उनीहरुलाई उद्धार मात्र गर्ने होईन उनीहरुको लागि कानुनी प्रक्रियामा समेत सघाउदै क्षति पूर्ति दिलाउने समेत काम गरेकी छिन्। समाजसेवा मार्फत नै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारेकी लामा कुटनीतिक रुपमा पनि एक सबल महिलाको रुपमा परिचित छिन्।

नेपाली कांग्रेशको कोटाबाट राजनैतिक सिफारिसमा परेकी आशा लामा इलाम जिल्लाकी हुन्। सानैदेखि राजनीतिक पृष्ठभूमिमा हुर्केकी आशा लामाका बाबा नेपाली कांग्रेसका चिरपरिचित नेता तथा कार्यकर्ताको रुपमा चिनिन्थे। जब नेपालमा प्रजातन्त्रको लागि लडाई सुरु भयो त्यतिनै बेलादेखि महानायक बिपी कोइरालाको सामिप्यमा बसेर ईन्डियाबाट नेपाली कांग्रेसको लागि काम गर्दै आएका थिए।

समाजसेवी आशा लामा युएईको लागि राजदूत सिफारिस भए लगत्तै कति म्यानपावर ब्यबसायीहरुले खुसियाली मनाएका छन् भने कतिले बिरोधसमेत गर्दै आएका छन्।

निडर तथा हट्टि स्वभाबकी आशा लामा बोलीमा भन्दा पनि बेसी कामलाई विश्वास गर्ने र आफूले सुरु गरेको कामलाई सधै प्रतिफल दिएर दीन दुखी पीडित र श्रमिक कामदारहरुको पक्षमा बोल्दै र सम्बन्धित निकायमा समेत गलत काम कारबाहीको बिरुद्ध सशक्त रुपमा आवाज उठाउदै आएकी एक पीडितहरुको अबिभाबकको रुपमा परिचित छिन्।

श्रोतका अनुसार उनी राजदूत भएर युएइ आउने खबरले सम्पूर्ण त्यहाँका नेपालीहरुले हर्सौल्लास गर्दै खुसियाली मनाएका छन्। उनीहरु भन्छन् सधै कामदारको पक्षमा वकालत गर्दै उनीहरुको उद्धारमा अहोरात्र खटिदै आएकी आशा लामा राजदूतमा नियुक्त भए लगत्तै धेरै भन्दा धेरै सकारात्मक काम र नेपाल सरकारको हितमा काम हुनेमा विश्वास्त पनि छन्।

कुशल कार्यक्षमता भएकी आशा लामा समाजसेवामा मात्र नभएर प्रशासनिक, कुटनैतिक हिसाबले पनि अब्बल रुपमा परिचित छिन्।





Comments

comments

Leave a Reply

16421