रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लन्डन, १६ फागुन । केन्ट, फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टको टावर सिनेमा हलमा नेपाली चलचित्र लुट–२ का लुटेरा गुण्डाहरु दयाहाङ्ग राई र सौगात मल्लको उपस्थितले दर्शकहरुलाई मनोरञ्जनात्मक तहल्का मच्चायो।

चलचित्र सुरु हुन अघि सिनेमा हलमा राई र मल्ललाई फोक्स्टन नेपाली समुदायका अध्यक्ष चन्द्र गुरुङ्गले स्वागत गर्दै उनले भने–‘मनोरञ्जन र गोरोपन देखिरहन मन लाग्छ भने इग्लयाण्डको पूवी क्षेत्रमा रहेको फोक्स्टनको वातावरण नेपाली कलाकारका लागि महत्वपूर्ण देखिन्छ।’

गोर्खा रेजिमेन्टका सहसेनानी काजिमान लिम्वुले बटालियनको सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन गर्न सफल भएकोमा अभिनेता राई र मल्ललाई स्वागत गर्दै सफलताको शुभकामना दिए।

सामाजिक सञ्जालकी चर्चित समाजसेवी सरला थापाले औपचारिक कार्यक्रम सञ्जालन गरेकी थिईन्। लुटका नायक दयाहाङ्ग राई र सौगात मल्ल सिनेमा हलमा उपस्थित सांगीतिक रङ्गमञ्चकी बहुप्रतिभाशाली मोडल अलिसा राईको जादुमय नृत्य ‘लाइदिउँला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ हिट नम्बरको आईटम गीतले मिठो मनोरञ्जन दिएको केही दर्शकले बताए ।

शनिवार बेलुकी प्रिन्सेस हलमा चलचित्र लुट–२ को रेड कार्पेट प्रर्दशनीमा सबै टिकेट ‘सोल्ड आउट’ भएपछि कयौं दर्शक निरास बन्दै नायक राईलाई भेटेरमात्र फर्किएको आयोजक गोर्खा वरियर्सले जनाए।

नायक दयाहाङका लागि बेलायत पानी पंधेरो बन्न थालेको छ भने सौगातका लागि यो पहिलो भ्रमण थियो। नेपालदेखि टाढाका देश बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा रहेरपनि नेपाली चलचित्रलाई माया गर्ने हजारौ दर्शक देखिदा अभिनेता राई र मल्ल हर्षित देिखन्थे। हलमा राईको डान्स र संवाद आउदा हलमा उपस्थित दर्शकले कोलाहलमय मच्चाएको सुनिथ्यो भने सौगातको भिन्नै किसिमको संवादको टोन दर्शकले मन पराएको प्रतिक्रिया दर्शकले दिए।

बेलायतमा नेपाली फिल्मको रेड कार्पेट महत्वपूर्ण हुदै गएकोमा केही दर्शकहरुले विदेशी भूमिमा रहे पनि प्रवासी नेपालीहरुको ठूलो योगदान रहेको जिकिर गरे।

शुक्रवार साँझ शिवरात्रिको अवसर पारेर स्वदेश तथा विदेशभर प्रदर्शन गरिएको नेपाली चलचित्र लुट–२ हेर्न पत्रकार अनिलदेव राई पूर्व झापाको दमकस्थित पाथिभरा सिनेमा हल पुगेका थिए जहाँ दर्शकहरु टनाटन देखेर खुशी भएको बताए। फरक विषयवस्तु र फरक परिवेशमा नेपाली फिल्म लुट–२ बनेकोमा खुशी व्यक्त गरे।

फिल्ममा भारतले लगाएको नाकाबन्दी र नाकाबन्दीमा पेट्रोल,डिजेल, मट्टितेल र ग्यासको अभावले नेपाली जनतामाथि मर्का परेको परिवेशलाई चित्रण गरिएको र विनाशकारी महाभूकम्पले थिल्थिलिएको देशमा नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको कालोबजारीसँगै कानुनको खिल्ली उढाउँने गिरोहलाई उदाँङ्गो पारेको उनले सामाजिक सञ्जालमा अभिव्यक्त गरेका छन्।

शुक्रबार देखि स्वदेश तथा विदेशभर प्रदर्शन भईरहेको चलचित्र लुट–२ निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा कर्मा,सौगात मल्ल,दयाहाङ्ग राई प्रतिकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रविण खतिवडा,ऋचा शर्मालागायतका कलाकारले अभिनय गरेका छन्।

लण्डन नजिकैको शहर अल्डरसटको प्रिन्सेस हलमा शनिवार बेलुकी ४ बजे हाउसफुलका साथ रेड कार्पेट प्रदर्शन भएको थियो । फेब्रुवरी २६ मा गोर्खा रेजिमेन्टको टावर सिनेमा हल फोकस्टनमा सम्पन्न साथै ३ मार्चमा टिडवर्थ, ४ मार्चमा आसफोर्ड केन्ट, ५ मार्चमा हयारो लन्डन र ११ मार्चका दिन रेडिङमा प्रदर्शन गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ।



.















Comments

comments