नेपालका कुन–कुन जाति अल्पसंख्यक ?

कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्। गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो । गाउँकार्यपालिका तथा नगरकार्यपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको खबर नयाँपत्रिका दैनिकमा छ।

कुन–कुन जाति अल्पसंख्यक ?
शेर्पा, सोनार, घर्ती-भुजेल, कलवार, कुमाल, हजाम-ठाकुर, कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा-तत्वा, खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ-प्रजा, हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार-सन्थाल, झाँगड-धागर, बाँतर-सरदार, बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी-भेडियार, नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मू-बरामो, गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर, पंजाबी-सिख, किसान, राजी, व्यासी-सौका, हयू, कोचे, धुनिया, वालुङ, मुन्डा, राउटे, ह्याल्मो, पथरकट्टा-कुशवाडिया, कुसुन्डा, ल्होमी, कलार, नटुवा, ढाँडी, धन्कार-धनिकार, कुलुङ, घले, खवास, राजधोव, कोरी, नाछिङ, याम्फू, चाम्लिङ, आठपहरिया, सरवरिया, बान्तवा, डोल्पो, अमात, थुलुङ, मेवाहाङ वाला, बाहिङ, ल्होपा, देव, साङपाङ, खालिङ, तोप्केगोला, लोहोरुङ

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17414