‘जोडी नयनसँग भुतुक्कै हुन्छु’– गायक राजु लामा

‘जोडी नयनसँग भुतुक्कै हुन्छु’– गायक राजु लामा 🤪

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम-
लण्डन । मंगोलियन हर्टका गायक राजु लामाले नयाँ म्युजिक भिडियो ‘एक जोडी नयन’ बोलको म्युजिक भिडियो सामाजिक संन्जाल युट्युब मार्फत सार्वजनिक गरेका छन्।

गीतमा पहिलो भेट मै एक जोडी नयनसँग भुतुक्कै भएर आफना मन मुटुलाई उनकै शहरमा छोडेर जाने प्रतिज्ञा सँग सँगै नाच्यौं ,गायौं , रमायौं दुई दिन आउने पाहुनालाई मुटुमा सजायौं भन्दै गीतकार सुरेन लिम्वुले मैझारो मारेका छन्।

पछिल्लो समय अमेरिका बसोबास गरिरहेका गायक लामाले एक जोडी नयन बोलको उक्त भिडियोलाई प्रेम-दिवसको अवसर पारेर सार्वजनिक गरिएको बताए।

सुरेन लिम्बुको शब्द रहेको एक जोडी नयनमा राजु लामाको संगीत तथा फणिन्द्र राईको एरेन्जमेन्ट रहेको छ भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन । सन्जित श्रेष्ठले खिचेका भिडियोलाई बिक्रम अधिकारीले सम्पादन गरेका हुन् । गायक लामाको फिचरिङ रहेको भिडियोमा मोडल बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनले अभिनय गरेका छन्।

गायक लामा गीत संगीतमा मात्र सिमित नभएर समाज सेवामा पनि उतिकै जागरुक छन् । उनको राजु लामा फाउन्डेसन मार्फत विभिन्न सामाजिक सेवामा कामहरु गर्दै आएका छन् । नेपालमा धेरै सांगीतिक व्याण्डहरु लामो समयसम्म टिक्न नसक्ने भन्ने भनाईलाई असत्य साबित गर्दै ब्याण्डले आगामी बर्ष भव्य कार्यक्रम गरी ‘सिल्भर जुव्ली’ मनाउने तयारी भईरहेको जानकारी दिए।

मंगोलियन हर्टका मुख्य भोकलिस्ट राजु लामाका गीतहरु सबै लोक प्रिय नै छन् जस मध्ये ‘बादल पारिको देशबाट’ ‘हल्ला चलेछ’, ‘नतानुँ त तानुँ ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’ , ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, लगायत गीतहरुले नेपाली सांगीतिक आकाशमा सर्वाधिक चर्चा पाईरहेका छन्।





Comments

comments

Leave a Reply

22224