मासिक ८ हजार डलरमा चिनियाँ पाइलट ल्याइदै

काठमाडौं, चैत १६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले वाइ १२ सिरिजका जहाज उडाउनका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ।

यी जहाज उडाउन मासिक ८ हजार डलर तलव दिनेगरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ,’ कंसाकारले भने, ‘पाइलटसँग दुई पक्षीय सहमतिका लागि पाइलट आपूर्ति गर्ने चिनियाँ एडिआइसी कम्पनीलाई पत्राचार भएको छ ।’

कम्पनीसँग सम्झौता भएर पाइलट आएपछि श्रम विभागबाट स्वीकृति लिई नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति लिने कंसाकार बताउँछन् । अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

22603