नेपालीबाट पनि ‘सेक्सटोर्सन’

नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) प्रेमीसँग खुसी थिइन् । उनीहरु काठमाडौंमै लिभिङ टुगेदरमा थिए।

त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए । यही क्रममा दुईबीच राजीखुसीसँगै शारीरिक सम्बन्धको भिडियो खिचियो । भिडियो दुवैले सेयर गरे। दुईबीच विवाहको कुरा चल्दै थियो।

अचानक खटपट भयो । बोलचाल बन्द भयो । सम्बन्धमा खटपट आयो । यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो । भिडियो रातारात भाइरल बन्यो।

सरिना तनावमा परिन् । कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन । अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ ।

प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटासकिएको छ । तर, घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन् । अनुसन्धानकै क्रममा भएकोले घटना सार्वजनिक नगरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

उनले भने ‘अपलोड भएको भिडियो हटाईएको छ । घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा थप नभनौं।’ नयाँपत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23194