मनाङे मुद्दामा सर्वोच्चबाट कैफियत माग

काठमाडौं – सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबर सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला सर्वोच्चले मागेको खबर नेपाल समाचारपत्रमा समाचार छ। मनाङबाट प्रदेशसभामा प्रत्यक्ष विजयी भएका मनाङेले अहिलेसम्म सपथ लिएका छैनन्।

कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार थुनामा रहेका मनाङेलाई सर्वोच्चले अर्को सुनुवाइमा धरौटीमा छाड्ने वा नछाड्ने विषयमा निर्णय सुनाउनेछ।





Comments

comments

Leave a Reply

23844