सरकारी पैसामा काठमाडौका मेयर श्रीमतीसहित अमेरिका

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन्।

उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ ।

सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Trending Now : सुनसान छ,‘कान्छी नेपाल’
24945