उनी सडकमै छट्पटाईरहे…

सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए ।

सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए ।

राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे ।

चालक र यात्रु कसैले थापा पाएनन् ।

बस आफ्नै रफ्तारमाा कुदिरह्यो ।

पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे ।

सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो ।

उनको उद्धारमा कोहि अघि सरेन ।
केहिबेरपछि उनको उद्धार भयो ।

एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो ।

चिकित्सकले एम्बुलेन्समा उनको मृत्यु भईसकेको बताए ।

उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो ।

सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25226