सावधान! सानो गल्तीले ठूलो क्षति

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।

– नुवाकोटको समुन्द्रटारबाट त्रिशुलीतर्फ आइरहेको बा१ख ६३५६ नम्बरको बस शुक्रबार नै सूर्यगढी गाउँपालिका–५, गणेस्थानमा दुर्घटना हुँदा तीनजनाको ज्यान गयो। दुर्घटनामा ५५ जना घाइते भए।

– धादिङकाे थाक्रेमा शुक्रबार नै टिप्पर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भयाे।

दसैंका बेला भएका सडक दुर्घटनाका केही उदाहरण हुन् यी । हरेक वर्ष अरु बेलाको तुलनामा चाडपर्वका समयमा सडक दुर्घटना बढेका छन्। दसैं मनाउन राजधानीबाट घर फर्किेनेको चापसँगै दुर्घटना पनि बढेको देखिन्छ।

चाडपर्वमा हतारिएर सवारीसाधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउनेलगायत कारण दुर्घटनाका कारक हुन्। राजधानी काटमाडौंबाट बाहिरिने मात्रै नभई काठमाडौं भित्रिने सवारीसाधन समेत दुर्घटनामा पर्दै आएका छन्। प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी निर्देशनालयका अनुसार गत वर्ष दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर तीन सय ८२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक सय चारजनाले ज्यान गुमाए भने दुई सय ६ जना गम्भीर घाइते भए।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा चाडपर्वका बेला चालकले सावधानी नअपनाउँदा सडक दुर्घटना अन्य बेलाको तुलनामा अलि बढी नै हुने गरेको बताउँछन्। ‘ चाडपर्वका बेला तीव्र गति र ओभरलोडका कारण अधिकांश बस दुर्घटना भएको देखिन्छ,’ उनले भने।

गत वर्ष भएका तीन सय ८२ सवारी दुर्घटनामध्ये दुई सय ७३ वटा चालकको लापरबाहीका कारण भएको देखिन्छ। प्रहरीका अनुसार गत वर्ष तीव्र गतिले ५७, यात्रुको गल्तीले २०, यान्त्रिक गडबडीले ८, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा नौं र सडकको अवस्थाले आठ दुर्घटना भएका थिए । नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25246