ललितपुरमा बनेको थियो जनयुद्धको खाका

ललितपुर, नेकपा अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको खाका ललितपुरमा बसेर बनाएको बताएका छन् । अन्य महत्वपूर्ण राष्ट्रिय उपलब्धि पनि यहीँ बसेर प्राप्त गरेको उनको भनाइ छ।

नेकपा ललितपुरले शुक्रबार आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले आफ्ना लागि ललितपुर महत्वपूर्ण रहेको धारणा राखे । ‘यहीँकै बगलामुखी, कुम्भेश्वरमा बसेर त्यति ठूलो जनयुद्धको खाका तयार पारें’, उनले भने । दाहाल अहिले ललितपुरको ढोलाहिटी बस्छन्।

ललितपुर पहिलेदेखि नै प्रगतीशील जिल्ला भएको र यहाँका जनता पनि परिवर्तनकारी, न्यायप्रेमी भएको उनको भनाइ छ । तर ललितपुरमा बसेर हासिल गरेको कम्युनिस्टको एकतालाई प्रतिक्रियावादीले मन नपराएको दाहालको बुझाइ छ । त्यस्ता तत्वले सरकारले गरेका राम्रा कामको प्रचार पनि नरुचाएको उनको भनाइ छ।

प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि चीनसँगको टे्रड एन्ड ट्रान्जिटको विषयमा छलफल भएको र नेपाल ल्यान्डलक मात्र नभई ‘ल्यान्डलिंक कन्ट्री’का रूपमा परिणत भएको दाहालले बताए । ‘हाम्रै पालामा कनेक्टिभिटीको क्षेत्रमा नयाँ क्षितिज उघारिएको छ’, उनले भने ।

अहिले सबैभन्दा धेरै गुनासो सडक र धूलोधूवाँका विषयमा रहेको उनको भनाइ छ । त्यसैले अर्काे वर्षभित्र उपत्यकाका सबै सडक कालोपत्रे गरिसक्ने गरी काम अघि बढेको उनले बताए। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25248