दशैं तिहारको शुभकामना आदान प्रदानसहित एनआरएनए नेदरल्यान्ड्सको वार्षिक साधारणसभा सम्पन्न

द्रोण रिजाल / एचकेनेपाल डट कम –

नेदरल्यान्ड्स। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम अक्टुबर २९ तारिखका दिन सम्मपन्न भएको छ।

बेनलक्सका लागि नेपाली राजदुत लोक हादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु क्रमशः केन्द्रीय उपाध्यक्ष कुमार पन्त , केन्द्रीय सदस्य नारायण आचार्य ,पूर्व आइसीसी सदस्य तथा बिधान संशोधन समितिका संयोजक राम कंडेलसहित विभिन्न संघ संथाका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले नेपालमा रहेका सम्भावनाहरुको खोजी गरी राज्यको सम्बृद्धिका लागि लगानी गर्न र सम्बन्धित देशसंग समन्वय गरी लगानीका अवसरहरु आफ्नो देशमा भित्राउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

ख्याति प्राप्त कलाकारहरुको बेजोड सांकृतिक प्रस्तुतिसंगै सम्पन्न कार्यक्रममा नेदरल्यान्ड्सबासी नेपाली आमाबुवा,दिदीबहिनी तथा दाजुभाइहरुको बाक्लो उपस्थिति थियो। एनआरएनए नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिबको प्रतिबेदन र आर्थिक प्रतिबेदन क्रमशः महासचिब जितेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष मिम पुर्जाले पेस गरेका थिए भने बिधान संशोधन समितिका संयोजक राम कंडेल र सदस्य धन कुमार बोहराले संशोधित बिधान साधारण सभामा प्रस्तुत गरेका थिए।

आमंत्रित उपस्थित महानुभाबहरुलाई संघका उपाध्यक्ष भिम रोक्काले स्वागत गर्दै कार्यक्रमलाई सहयोग पुर्याउनुहुने सहयोगी दाताहरुलाई संघकी सचिब शान्ति थोकरले धन्यबाद दिएकी थिइन् भने कार्यक्रमको संचालन महासचिब जितेन्द्र कुमार श्रेष्ठले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25460