हजारौंलाई हङकङ प्रवेशमा किन रोक लगायो?

एआई जनित तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ जुलाई। हङकङका अध्यागमन प्रमुख बेन्सन क्वोकले यस वर्षको पहिलो पाँच महिनामा १२,००० भन्दा बढी आगन्तुकहरूलाई हङकङ प्रवेशमा रोक लगाइएको जानकारी दिएका छन्।

आइतबार प्रसारित आरटीएचके कार्यक्रममा क्वोकले यस अवधिमा २० मिलियन आगन्तुकहरूमध्ये ०.०६ प्रतिशत आगन्तुकहरूलाई प्रवेश अनुमति नदिएको बताए।

“उनीहरूको हङकङ आउने कारणहरूबारे शंका थियो, जस्तै उनीहरू अवैध रूपमा काम गर्न यहाँ आएका हुन सक्छन् र स्थानीयहरूको रोजगारीको अवसरहरूमा असर पार्न सक्छन्,” उनले भने।

“केही आगन्तुकहरूसँग उचित यात्रा कागजातहरू नभएको, भिसाको लागि आवेदन नदिएको र केहीमा किर्ते कागजातहरू गरेको शंका थियो।”

२०१९ को अशान्तिपछि एसएआर छोडेका युवाहरूका बारेमा सोधिएको प्रश्नमा क्वोकले देशभक्त र हङकङलाई माया गर्नेहरू सधैं हङकङ फर्कन स्वागतयोग्य रहेको बताए्।

हङकङका मानिसहरूले हङकङ प्रवेश गर्न वा छोड्न स्वतन्त्रता उपभोग गर्नसक्छन्। जबसम्म व्यक्तिले कानुन उल्लंघन गर्दैन। अध्यागमन विभागले उसलाई वा उनलाई रोक्नेछैन, उनले भने।

  • पशन तमू




Comments

comments

131928