चिसोले जमे मनाङका हिमताल

काठमाडौं, चिसो अत्यधिक बढेपछि हिमालपारिको जिल्ला मनाङका हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार ४९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका ताल जमेका छन् । दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन।

चिसोसँगै मनाङमा जनजीवन प्रभावित बनेको छ । खानेपानीको मुहानसमेत जमेपछि जनता समस्यामा परेका छन् । जाडो बढेसँगै तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस १० देखि माइनस १६ डिग्री सेल्सियससम्म पुग्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।





Comments

comments

Leave a Reply

26585