स्पेनमै पूर्व राजदूतको शरणार्थी बन्ने चाहना

काठमाडौं, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पनमा बस्दै आएका छन्।

मन्त्रिपरिषदले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् ।

परराष्ट्रले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने थियो । नेपाल समाचार पत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26593