नेपाली युवकसँग विवाह गर्दै बलिउड नायिका श्रद्धा कपुर

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी छन्। भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन्।

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ।

केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो।

रोहन मुम्बइमा जमेका फोटोग्राफर हुन्। उनका पिता राकेश श्रेष्ठ नेपालबाट मुम्बइ सरेका थिए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

27459