मोडलिङमा पाईला चाल्दै करिश्मा (फोटो फिचर)

करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थायी बासिन्दा हुन्।

सानैदेखि पृथक लुक रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वरस्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन्।

५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन् । हेल्थ टेक्निसियनका रुपमा अध्ययन तथा काम गरेकी उनले मोडलिङकै लागि फोटोसुट र र्याम्प ट्रेनिङ पनि लिएको बताउछिन् । फिजिकल बनावट र सुन्दर मुहारकी धनी २१ वर्षीया करिश्मा सामाजिक कार्य गर्न रुची भएको बताउँछिन् । परिवारको साथले नै मोडलिङमा पाईला चालेको बताउने उनी म्युजिक भिडियोमा अभिनय गर्न रुची भएकोले चाडैनै भिडियोहरुमा आउने बताईन्।

फोटो- कुबेर तामाङ
मेकअप – गौरी रुम्बा श्रेष्ठ
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन





Comments

comments

28272