चर्चित बन्दै साहित्यकार चाम्लिङको ‘गोधुली साँझ’

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-

लण्डन । साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको मायालु भावका शव्द रचना ‘गोधुली साँझ’ बोलको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेको छ।

लोकप्रिय गायिका मेलिना राई र देब्स राईको आवाजमा ‘गोधुली साँझ’ आधुनिक गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । अफगानिस्तानको रणभूमिमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय बनिरहेका चन्द्र श्रेष्ठले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरिएको भिडियोमा स्मृति गुरुङ र किमहाङ राईले अभिनय गरेका छन् ।

‘मायालु जोडी जहाँ आफूभन्दा अरु कुनै चिज नभएको स्वर्ग जस्तो ठाँउमा आफ्नो अमर प्रेमलाई युगदेखि युगसम्म सँगै जिउने इच्छा, चाहना र प्रेम समर्पणलाई यस म्युजिक भिडियोमा मार्मिक शब्द सुमधुर स्वर संगीत, र अभिनय मार्फत राम्ररी प्रस्तुत गरिएको देखिन्छ।’

पर्यटकीय रमणिय स्थल पूर्व झापा चन्द्रगिरिको सेरोफेरोमा छायाँकन गरिएको यस म्युजिक भिडियोलाई सुमन मगरले छायाँकन गरेका हुन भने अनिलकुमार महर्जनले सम्पादन तथा चन्द्रकला राईले निर्देशन गरेका हुन्।





Comments

comments

28417