सक्कली डीएसपीको कुर्सिमा नक्कली डीएसपी गुरुङ बसेपछि

बिर्तामोड: इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी बस्ने कुर्सीमा अर्कै मान्छे बसेको तस्बिर सहित समाचार सार्वजनिक भएपछि डीएसपी सुवास खड्का विराटनगर तानिएका छन्।

डीएसपी बस्ने कुर्सीमा विभिन्न अभियोग लागेका हर्क गुरुङ बसेर फोटो खिच्दै प्रहरीको मान्छे भनेर स्थानीयलाई धम्क्याएको तथा कुटपिट गरेको खुलेपछि डीएसपी खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर तानेर विभागीय छानविन सुरु गरिएको हो।

प्रदेश प्रहरी प्रमुख डीआइजी केदार रिजालका अनुसार डीएसपी खड्काले इलाका प्रहरी कार्यालय भित्रको आफ्नै कुर्सी सुरक्षित गर्न नसकेको र प्रहरी प्रशासन माथि आँच आउने काम गरेकाले छानविनका लागि विराटनगर तानिएको हो।

यो प्रकरणमा डीएसपी खड्का दोषी देखिए प्रदेश प्रहरीले निलम्बन गरेर थप कारवाही गर्न सक्ने छ। यस अघि सोही इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा मेचिनगरका १५ वर्षीय किरण कार्की ढोली मृत भेटिएपछि पनि डीएसपी विवादमा तानिएका थिए। सो घटनाको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अहिले पनि छानविन गरिरहेको खबर रविन भट्टराईले अन्नपूर्णपोष्टमा लेखेका छन्।





Comments

comments

29199