नेकपाका २२ जनसंगठनले पाए नेतृत्व, अखिलमा रञ्जित तामाङको असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ।

बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको खबर नयाँपत्रिकामा शुरोजङ्ग पाण्डेले लेखेका छन्।

 

पूर्वएमाले समूह संयोजक र पूर्वमाओवादी समूहले सहसंयोजक पाएका संगठन 

  • किसान महासंघ

संयोजक : वामदेव गौतम
सहसंयोजक : चित्रबहादुर श्रेष्ठ

  •  भूमिहीन किसान

संयोजक : रामप्रीत पासवान
सहसंयोजक : पदम देवकोटा

  • अखिल

संयोजक : ऐन महर
सहसंयोजक : रञ्जित तामाङ/सुरेन्द्र बस्नेत

  • मजदुर

संयोजक : विनोद श्रेष्ठ
सहसंयोजक : जगत सिम्खडा

  • पेसागत महासंघ

संयोजक : विश्वनाथ प्याकुरेल
सहसंयोजक : दयाराम बस्याल

  • जनसांस्कृतिक महासंघ

संयोजक : खगेन्द्र राई
सहसंयोजक : सरल सहयात्री

  • मुस्लिम

संयोजक : सिराज महमद फारुकी
सहसंयोजक : अत्तर हुसेन फारुकी

  • भूपू सुरक्षाकर्मी

संयोजक : धनबहादुर चन्द
सहसंयोजक :  मिठाराम केसी

  •  बुद्धिजीवी

संयोजक : डा. दिनेशचन्द्र देवकोटा
सहसंयोजक : कृष्ण केसी

  •  इन्जिनियर 

संयोजक : शम्भुबहादुर श्रेष्ठ
सहसंयोजक : हरि पराजुली

  • वकिल 

संयोजक : रुद्र नेपाल
सहसंयोजक : दीनमणि पोखरेल

  • मानवअधिकार

संयोजक : मीनबहादुर शाही
सहसंयोजक : हुकुम पोखरेल

  • उद्योगी व्यवसायी

संयोजक : लक्ष्मीराज मानन्धर
सहसंयोजक : श्याम पाठक

  • खेलकुद महासंघ

संयोजक : पुरुषोत्तम पौडेल
सहसंयोजक : शिव कोइराला

  •  नेपाल निर्माण व्यवसायी संगठन

संयोजक : यक्षध्वज कार्की
सहसंयोजक : शिवप्रसाद चौलागाईं

  •  प्रवासी नेपाली मञ्च 

संयोजक : लोकनाथ भण्डारी
सहसंयोजक : ईश्वरी भण्डारी

पूर्वमाओवादी समूह संयोजक र पूर्वएमाले समूहले सहसंयोजक पाएका संगठन 

  •  युवा

संयोजक : रामप्रसाद सापकोटा ‘दीपशिखा’
सहसंयोजक : रमेश पौडेल
(नोट : सापकोटाको नाममा अध्यक्ष केपी ओलीको असहमति)

  •  महिला

संयोजक : अमृता थापामगर
सहसंयोजक : सीता पौडेल

  •  पत्रकार

संयोजक :  महेश्वर दाहाल
सहसंयोजक : गणेश बस्नेत

  • दलित

संयोजक :  तिलक परियार
सहसंयोजक : बोम विश्वकर्मा

  • जनजाति महासंघ

संयोजक :  सुरेश आलेमगर
सहसंयोजक : शेरबहादुर तामाङ

  • अपांगता भएका व्यक्तिहरूको संगठन

संयोजक :  इन्द्रमाया गुरुङ
सहसंयोजक : रामप्रसाद ढुंगाना

  • मधेसी संगठन 

नाम तय हुन बाँकी





Comments

comments

Trending Now : कालिका र पप्पु कन्सट्रक्सनलाई ठूलो झट्का, अब ठेक्का प्रतिस्पर्धामा भाग लिन नपाउने