नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ।
बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको खबर नयाँपत्रिकामा शुरोजङ्ग पाण्डेले लेखेका छन्।
पूर्वएमाले समूह संयोजक र पूर्वमाओवादी समूहले सहसंयोजक पाएका संगठन
- किसान महासंघ
संयोजक : वामदेव गौतम
सहसंयोजक : चित्रबहादुर श्रेष्ठ
- भूमिहीन किसान
संयोजक : रामप्रीत पासवान
सहसंयोजक : पदम देवकोटा
- अखिल
संयोजक : ऐन महर
सहसंयोजक : रञ्जित तामाङ/सुरेन्द्र बस्नेत
- मजदुर
संयोजक : विनोद श्रेष्ठ
सहसंयोजक : जगत सिम्खडा
- पेसागत महासंघ
संयोजक : विश्वनाथ प्याकुरेल
सहसंयोजक : दयाराम बस्याल
- जनसांस्कृतिक महासंघ
संयोजक : खगेन्द्र राई
सहसंयोजक : सरल सहयात्री
- मुस्लिम
संयोजक : सिराज महमद फारुकी
सहसंयोजक : अत्तर हुसेन फारुकी
- भूपू सुरक्षाकर्मी
संयोजक : धनबहादुर चन्द
सहसंयोजक : मिठाराम केसी
- बुद्धिजीवी
संयोजक : डा. दिनेशचन्द्र देवकोटा
सहसंयोजक : कृष्ण केसी
- इन्जिनियर
संयोजक : शम्भुबहादुर श्रेष्ठ
सहसंयोजक : हरि पराजुली
- वकिल
संयोजक : रुद्र नेपाल
सहसंयोजक : दीनमणि पोखरेल
- मानवअधिकार
संयोजक : मीनबहादुर शाही
सहसंयोजक : हुकुम पोखरेल
- उद्योगी व्यवसायी
संयोजक : लक्ष्मीराज मानन्धर
सहसंयोजक : श्याम पाठक
- खेलकुद महासंघ
संयोजक : पुरुषोत्तम पौडेल
सहसंयोजक : शिव कोइराला
- नेपाल निर्माण व्यवसायी संगठन
संयोजक : यक्षध्वज कार्की
सहसंयोजक : शिवप्रसाद चौलागाईं
- प्रवासी नेपाली मञ्च
संयोजक : लोकनाथ भण्डारी
सहसंयोजक : ईश्वरी भण्डारी
पूर्वमाओवादी समूह संयोजक र पूर्वएमाले समूहले सहसंयोजक पाएका संगठन
- युवा
संयोजक : रामप्रसाद सापकोटा ‘दीपशिखा’
सहसंयोजक : रमेश पौडेल
(नोट : सापकोटाको नाममा अध्यक्ष केपी ओलीको असहमति)
- महिला
संयोजक : अमृता थापामगर
सहसंयोजक : सीता पौडेल
- पत्रकार
संयोजक : महेश्वर दाहाल
सहसंयोजक : गणेश बस्नेत
- दलित
संयोजक : तिलक परियार
सहसंयोजक : बोम विश्वकर्मा
- जनजाति महासंघ
संयोजक : सुरेश आलेमगर
सहसंयोजक : शेरबहादुर तामाङ
- अपांगता भएका व्यक्तिहरूको संगठन
संयोजक : इन्द्रमाया गुरुङ
सहसंयोजक : रामप्रसाद ढुंगाना
- मधेसी संगठन
नाम तय हुन बाँकी