आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन्।

चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन्।

उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

29261