अमेरिकी चर्चित अभिनेत्री मुरले सगरमाथा चढ्ने

एजेन्सी: अमेरिकी चर्चित अभिनेत्री मन्डी मुरले सगरमाथा चढ्ने भएकी छन्।

उनीले सगरमाथा चढ्ने घोषणा गर्दै यसका लागि आफू उत्साहित भएको बताएकी छन् । ३५ वर्षे मुर ‘दिस इज अस’ नामक सो मार्फत चर्चित छन्।

उनी अभिनयले मात्रै सन्तुष्ट हुन नसकेपछि सगरमाथा आरोहणमा जाने योजना सार्वजनिक गरेकी हुन् । मलेसिया अर्नोट रेड कम्पनीले उनको यात्राको जिम्मा लिएको छ। इडी वाउवर अल्पाइनले उनको गाइडको भूमिका निभाउने भएका छन्।

नेपालको यात्रा खोजमूलक र रमाइलो हुनेमा आफू ढुक्क भएको उनले बताएकी छन् । उनको यात्रा नौ दिनको हुनेछ। अन्नपूर्णपोष्टमा यो खबर छापिएको छ।





Comments

comments

29271