मुख्यमन्त्री गुरुङ र चिनियाँ प्राध्यापकहरुवीच के भयो कुराकानी?

मुख्यमन्त्री गुरुङ र चिनियाँ प्राध्यापक

लोक गुरुङ –

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले मंगलबार चिनिया प्रध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन्।

हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समूहले मुख्यमन्त्री गुरुङ्संग छलफल गरेका हुन्।

भेटवार्ता

मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङले टोलीलाई गण्डकी प्रदेशको अवास्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए। उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउदै यसले दुवै देश लाभदायक हुने समेत बताएका थिए।

चिनीयाँ प्रध्यापकहरुको टोलीसंग फोटो

मुख्यमन्त्री गुरुङले पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए। जवाफमा चिनियाँ टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनुकूलता आवश्यक रहेको बताए।

गण्डकी प्रदेशमा अनुकूल बताबरण बनाउन आफू तयार रहेको मुख्यमन्त्री गुरुङलाई आश्वसन दिए। चिनिया टोलीले होङ्गसी सिमेन्टले भोगिरहेको समस्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो। मुख्यमन्त्री गुरुङले यसबारे आफू अवगत रहेको र प्रदेश ५ संग अहिले समास्या सम्वन्धित रहेको जानकारी गराएका थिए। होङ्गसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ।





Comments

comments

30743