जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

फाइल फोटो
जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ।

नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो।

छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रवासीसंघका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायत विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31388