जहाजभित्र हूलहुज्जत गर्नेमाथि कानुन लाग्छ कि लाग्दैन?

मन्त्री भट्टराईमाथि दुर्व्यवहार

नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन्।

उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन्।

कम्तिमा तीन तहको सुरक्षा घेराभित्र रहेने वायुयानभित्र वा बाहिर सुरक्षा व्यवस्था बिगार्नेहरुका लागि २०१५ सालमा ल्याइएको सैरसैनिक हवाई उडान आकर्षित हुने गरेको छ । ‘यो ऐन पर्याप्त छैन तर सबैभन्दा धेरै आकर्षित हुने ऐनमा यही छ,’ नागरिक उड्डयान प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले भने । यो ऐनले उडानमा रहेको जहाजभित्र हुन सक्ने हिंसात्मक गतिविधि, गैरकानुनी कब्जा, अपहरण र जहाज नष्ट आगजनीलगायतका अपराधलाई समेटेको छ । जहाजभित्र कुनै यात्रु वा कर्मचारीलाई दुव्र्यवहार वा मदिरा सेवन गरिएका विषयमा भने पर्याप्त व्याख्या छैन।

हवाई सुरक्षाका जानकारी महानिर्देशक पोखरलले भने, ‘यो ऐनले धेरै कडा विषय समेटेको छ तर वायुयानभित्रको शान्ति सुरक्षा खलल पुगे के गर्नेबारे पर्याप्त छैन, थप व्यवस्था आवश्यक देखिन्छ।’ यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।





Comments

comments

31950