मिस ब्युटी आइकनको उपाधि इटहरीकी प्रेजिनालाई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

इटहरी र इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिदै अन्य १० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस ब्युटी आइकन २०१९ को उपाधि जितेकी छिन्।

५.४ इन्च अग्ली १८ बर्षीया प्रेजिनाले मिस ब्युटी आइकनको उपाधिसंगै रु पचास हजार नगद पुरस्कार तथा मिस पूर्वाञ्चलमा सिधा प्रवेश पाएकी छिन्। उनले मिस फ्रेन्डशिपको सब टाइटल समेत जितिन्।

त्यस्तै ५.५ इञ्च अग्ली १७ बर्षीया मनिला सिम्खडाले फर्स्ट रनर अपको उपाधिसंगै रु तीस हजार नगद पुरस्कार तथा मिस पूर्वाञ्चलमा सिधा प्रवेश पाएकी छिन् । उनले मिस बेस्ट वाक र मिस मल्टिमेडियाको सब टाइटलसमेत जितिन् भने निशा सुब्बाले सेकेन्ड रनर अपको उपाधिसंगै रु पन्ध्र हजार नगद पुरस्कार जितेकी छिन्। तीनै जनाले नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट एयर होस्टेज ट्रेनिग कोर्षको अवसर पाएका छन्।

त्यस्तै मिस ट्यालेन्ट इश्ना गुरुङ, मिस पब्लिक चोइस सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल र मिस फोटोजेनिक कशिस बस्नेत, मिस एथलेटिक समिक्षा अधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जितेका छन्। प्रत्येक टाइटल बिजेताले रु पांच हजार पुरस्कार पाएका छन्।

एमके फोटोग्राफीको आयोजना तथा मिस पूर्वाञ्चल २०१८ सेकेन्ड रनर अप तथा मिस इटहरी २०१७ की बिजेता तपस्या रनापहेलीको कोरियोग्राफी रहेको कार्यक्रममा निर्णायकहरुमा नायिका हर्शिका श्रेष्ठ , मिस पूर्वानञ्चल २०१७ रुबी लिम्बु, मिस पूर्वाञ्चल २०१८ पुजा श्रेष्ठ, नेपाल पत्रकार महासंघ, सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले, पाथिभरा जब लिंकको सीइओ पवन अधिकारी, ट्रेनर सुरेश राई र सिजी ब्रुअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31982