मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

फाइल फाेटाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ।

उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन्। उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन् । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उनको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन्।





Comments

comments

32853