नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

फाइल फोटो

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ।

५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया सुरु भएपनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो।

सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनुपर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम सुरु गर्न अझै ३/४ महिना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए। यो समाचार आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33013