विदेशी लगानीमा चीनको वर्चस्व

फाइल फोटो

विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५/७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन्।

उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

त्यसैगरी अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड वैदेशिक लगानी प्रतिवद्धता आएको छ। यो समाचार कारोबार दैनिकमा छ।





Comments

comments

33028