राजेशपायलको भ्यालेनटाईन गीत ‘हुरुक्कैं भएँ म’ मा दयाहाङ र एलिसाको प्रेम

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

फरवरी १४ अर्थात् भ्यालेनटाईन-डेको पूर्वसन्ध्यामा फरवरी १ को दिननै गायक राजेशपायल राईले प्रेममय गीत ‘हुरुक्कैं भएँ म’ सार्वजनिक गरेका छन्।

चर्चित गायक राजेशपायल राईको स्वर रहेको गीतमा चर्चित कबि तथा गीतकार राजन मुकारुंगको शब्द, दिनेशकाजी बान्तवाको संगीत रहेको छ।

अहिलेका चर्चित अभिनेता दयाहाङ राई र चर्चित मोडल एलिसा राईको जिवन्त अभिनय रहेको ‘हुरुक्कैं भएँ म’ बोलको गीतको भिडियोमा किरण चाम्लिङ राईको निर्देशन, अनिल रानाको सम्पादन र भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको छ।

प्रेममय गीतको भिडियोमा अभिनेता दयाहाङ राई बोल्न नसक्ने प्रेमी पात्रको रुपमा देखाईएको छ। सांकेतिक भाषामा आफ्नो मनपर्ने पात्रलाई आफ्नो प्रेम दर्शाएको भाव भिडियोमा देखाईएको छ।

गायक राजेश पायल राई पनि “ आवाजबिहिनहरुको आवाजको रुपमा रहेको यो गीतले आफ्नो अव्यक्त प्रेम देखाउन भन्न नसक्नेहरुको लागि एउटा उपहारको अर्थात उनीहरुको बोली बोल्ने गीतको रुपमा अर्थाउंछन्।

दर्शन नमस्ते इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत सार्वजनिक गरिएको छोटो समयमा नै ५ लाख बढी भ्युज पाइसकेको छ।

युट्युब लिंक





Comments

comments

33752