हङकङमा नेपाली महिलाद्वारा हाम्फालेर आत्महत्या

फोटोः डिमसम डेली

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ फेब्रुअरी। वान चाईस्थित एक भवनको माथिल्लो तलाबाट हाम्फालेर २९ बर्षीया एक नेपाली महिलाले आत्महत्या गरेकी छन्।

दुई दिनअगाडि भएको घटनाको समाचारमा मृतक महिलाको पहिचान खुलाएको छैन। प्रहरीले सुरक्षित रहन आग्रह गर्दा गर्दै हामफालेको डिमसुम डेलीले जनाएको छ।

फेसबूकको कमेन्टमा प्राप्त जानकारी अनुसार मृतक महिला धरान १९ चौकीबारीकी भिषिका राई हुन्। पहाडको घर राजापानी खम्तेलका चामबहादुर राईकी छोरी भिषिका हङकङमा एक्लै बस्थिन्। बाबाआमा र दाजु बेलायतमा बस्छन् भने दिदी सिंगापुरमा बस्छिन्।





Comments

comments

34098