मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना पुष्टि

फाइल फोटो

वीरगन्ज – पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ।

मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो।

तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरेका थिए।

वृद्धको अन्त्येष्टि ७ दिन पहिले नै भइसके पनि नारायणी अस्पतालको प्रयोगशालाबाट कन्फर्मेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट सोमबार बिहान मात्रै आएको र रिपोर्ट पोजेटिभ रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा क्रान्ति शाहले लेखेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36703